दमक, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आज (आईतबार) दमकमा कालो झण्डा देखाउने क्रममा पक्राउ परेका ११ जना पहिचानवादी नेताहरु अहिले साँझ छुटेका छन् ।

कालो झण्डा प्रदर्शन गर्ने क्रममा दमक चौकको आकाशे पुलबाट पक्राउ परेका केदार धिमाल, दिनेश किराँती राई, देउमान साम्रा लिम्बू (भाईजुङ), मातृका धिमाल, विक्रम वनेम फागो, एल.बी पालुङ्वा ,सोम चेम्जोङ (फोराहाङ), किराँती बिबेक सुनुवार, गगा राई शेर्मा, तीर्थ खडका लगायत छुटेका छन् ।

उनीहरु छुटेपछि पहिचानवादी नेता, कार्यकर्ताहरुको समुहले दमक प्रहरी कार्यालय अघि प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गर्नुका साथै कोशी प्रदेश नामाकंन मान्य नभएको भन्दै पुनः नामाकंन संघर्ष समितिको आन्दोलनलाई निरन्तरता दिइने उदघोष गरे ।

इलाका प्रहरी कार्यालयबाट छुटेका ११ जना पहिचानवादी नेताहरुलाई प्रदेश १ पुनः नामाकंन संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङदेन, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई लगायतका पहिचानवादी नेताहरुले भब्य स्वागत तथा सम्मान गरेका थिए ।

दमक प्रहरीको प्रवेशद्धारमै रिहाईपछि स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश १ पुनः नामाकंन संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राईले बोल्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *