नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य दामोदर अर्याल

काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य दामोदर अर्यालले कम्युनिष्ट पार्टीभित्र विचार निर्माणको कामलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभएको छ।

टिभि टुडेमा अन्तरवार्ता दिने क्रममा एकीकृत समाजवादीका नेता अर्यालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभएको छ, ‘समाजलाई विचारले नेतृत्व गर्छ। पहिले हामीले विचार निर्माणको काम गर्नुपर्छ। विचार निर्माणमा कम्युनिष्ट पार्टीहरू लाग्नुपर्छ।’

एमालेबाट विद्रोह गर्नुको कारण के थियो ? भनेर सोधिएको प्रश्नको जवाफमा नेता अर्याले भन्नुभयो, ‘एमालेसँग हाम्रो वैचारिक भिन्नता छ। एमालेले जबज भन्छ। हामीले जबजको औचित्य दोस्रो जनआन्दोलनसँगै समाप्त भयो भन्यौँ।

अहिले हाम्रो पार्टीले समाजवादी कार्यक्रम अघि सारेको छ। एमालले जबजले समाजलाई गाइड गर्छ भन्छ। तर, अहिले समाजलाई समाजवादतर्फ लैजानका निम्ति जबजले काम गर्दैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *