रास्वपा सभापति रवि लामिछाने

पर्सा, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पर्सामा बयान शुरु भएको छ । सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानका लागि सोमबार वीरगञ्ज ल्याइएका लामिछनेसँग पर्सा प्रहरीले बयान लिन शुरू गरेको हो ।

हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेको बयान सकिए लगत्तै कास्की फिर्ता पठाइने प्रहरीले जनाएको छ ।

जीबी राई सञ्चालक रहेको सानोपाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीमाथि पनि वीरगञ्जको सानोपाइला सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *