काठमाडौँ, ५ पुस—टोटनहमले म्यानचेस्टर युनाइटेडको पुर्नआगमनलाई बिहीबार ४–३ ले निस्तेज पार्दै लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३–० ले अगाडि रहेको थियो ।

त्यसमा डोमिनिक सोलन्कीले दुई तथा डेजान कुलुसेभ्स्कीले एक गोल गरे । त्यसयता युनाइटेडका लागि जोसु जिर्कज र आमद डिलोले गोल गरे । खेलको ८८ औं मिनेटमा दक्षिण कोरियाका सन ह्वेङ–मिनले गोल गरेपछि मात्र टोटनहम ढुक्क हुन सकेको थियो ।

खेलको इन्ज्युरी समयमा जोनी इभान्सले युनाइटेडका लागि थप एक गोल फर्काउँदै प्रतिस्पर्धा अन्त्यसम्म रोमाञ्चक राखे । युनाइटेडका सुरुआती दुवै गोल प्रतिद्वन्द्वी गोलरक्षक फ्रेसर फोरेस्टको भुलमा सम्भव भएको थियो ।

जितपछि भने टोटनहम सन् २००८ यता पहिलो उपाधि जित्ने संघारमा कायम रह्यो । प्रशिक्षक पोस्टेग्लुले टोटनहम आफ्नै भुलका कारण दबाबमा आएको बताए । उनले थपे, ‘तर खेल भने असाध्यै रोमाञ्चक रह्यो ।’

युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले हारका बावजुत खेलमा आफ्नै टिम उत्कृष्ट रहेको दाबी गरे । अब सेमिफाइनलमा टोटनहमले लिभरपुलको सामना गर्नेछ । यस्तै, अर्को सेमिफाइनलमा आर्सनल र न्युकासल युनाइटेड भिड्ने छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *