पोखरा, ७ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीविरुद्ध आज (आइतबार) कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

पोखरास्थित सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता भएको छ। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई ९जिबी० सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा १९ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरिएको जनाएको छ । बाँकीविरुद्ध आइतबार ९आज० मुद्दा दर्ता गरिने कास्की जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। पहिलो मुद्दामा उक्त सहकारीका पदाधिकारीले एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ अपचलन गरेको प्रहरीको दाबी छ । तर अहिले पूरक अभियोजन गर्दा एक अर्ब ५१ करोड ४ लाख १९ हजार १ सय ९४ रूपैयाँ बिगो दाबी गरिएको छ ।

उनीहरूविरुद्ध ८ देखि १० वर्ष कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ। प्रहरी प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राई समूहले सहकारी खोलेदेखि रकम अपचलन गर्न थालेको उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *