हिक्मतकुमार कार्की

विराटनगर, ३० माघ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमतिमै पारित हुने बताएका छन्। विधेयकमाथि पर्याप्त छलफल गर्नेसमेत उनको भनाइ थियो।

विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमि कमजोरी भए सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको समेत आरोप लगाए। ुसरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो। उनले भने सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न्।ु

यस अघिका सरकारहरु र प्रदेश सरकारहरुले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरुले अनावश्यक रुपमा विधेयकहरुको विरोध गर्न नहुने बताए।

यसै गरी कोशी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरु सुरु गरिएको बताउदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरु निर्माणको काम सुरु गरिएको जानकारी दिए।

प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको ४ वटा पदमार्ग निर्माणको काम सुरु दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए। पछिल्लो समयमा विकास निर्माणको क्रम बढेको बतउदै उनले नयाँ सत्ता समिकरण बनेपछि सकारात्मक परिवर्तनहरु देखिन थालेको दाबी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *