झिलझिले, १३ फागुन–झापा गौरीगञ्ज–१ माहाभारास्थित हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

आज (मंगलबार) दिउँसो कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नं।को मोटरसाइकल आफैँ अनियन्त्रित भई रोडको बाँया साइडमा रहेको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सूरज राजवंशीको नाक, अनुहार र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते उनलाई उपचारको लागि दमक अस्पताल दमक तर्फ पठाइएकोमा २ः१५ बजे उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *