मोरङ, २३ असोज–किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात नराखिए पूर्वी नेपालमा पुन आन्दोलन चर्किने चेतावनी दिनुभएको छ ।
यायोक्खा किरात राई समुदायको साझा सामाजिक संस्था हो । यायोक्खाको सुक्रबार वीरेन्द्र सभागृहमा १२ औ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष राईले सो कुरा बताउनु भएको हो ।
उद्घाटन लगतै सम्बोधन गर्नुभएको अध्यक्ष राईले पहिचान आन्दोलनको प्रमुख घटक आफूहरु रहेको दावि गर्दै सरकार, प्रदेश सभा र पार्टीहरुले सच्चिन चेतावनी दिए ।
प्रदेशको कामकाजी भाषा राई समुदायको कम्तिमा २ भाषा पार्न र लिपी किरात सिरिजङगा बनाउन अध्यक्ष राईको माग थियो । यसरी भाषा र लिपी राखिदा कसैलाई क्षति नहुने बरु जनता खुसी हुने उहाँको तर्क थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएका प्रदेश प्रम्ख परशुराम खापुङले भाषा, संस्कृति नेपालको अमुल्य सम्पति रहेको बताउदै यसको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो ।
खापुङले संविधानमा उल्लेख भएकै बिषयहरु किरात राई यायोक्खाले कार्यान्वयनको लागि माग गरेको बताउनु भयो । यायोक्खा संविधानले दिएको अधिकार लिन अघि बढ्नुपर्ने र राज्य सरकारले माग पुरा गर्नुपर्ने बताउनु भयो । खापुङले राज्य बलियोहुन जनता खुसीहुर्ने बताउनुभयो ।
नेपालमा यलम्बर, जितेदस्ति लगायत किरात कालीन शासकहरुदेखि नेपालका हरेक परिवर्तनमा राई समुदायको योगदान रहेको प्रदेश प्रमुख खापुङले बताउनुभयो ।
कार्यक्रममा पूर्व संघीय सांसद दुर्गा राई, पूर्व अध्यक्षहरु यसोदा राई, दिवस राई, पूर्व उपाध्यक्ष, जनजाति आयोगका सदस्य सरणकुमार राई, यायोक्खा वेलायतका पूर्व अध्यक्ष तथा वर्तमान आदिबासी जनजाति महासंघ अध्यक्ष मेजर योगेस राई लगायतले शुभकामना दिनुभएको थियो ।
उपाध्यक्ष तिलकप्रसाद राईले स्वागत गर्नुभएको कार्यक्रममा कलाकारहरु राई नवीन, मेनुका राई र खुसेनिचो राईले विभिन्न गीतहरु गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रम सुरुहुनु अघि रोडषेश चोकबाट विभिन्न चोकहरु परिक्रमा गर्दै नारा जुलुससहित वीरेन्द्रसभा गृह पुगेको थियो ।
सहभागीहरुले कोशी प्रदेश नाम खारेज गर, किरात प्रदेश नामकरण गर लगायतका नारा लगाएका थिए । सम्मेलनको बन्दसत्र मनास्लु होटलमा २ दिनसम्म हुने महासचिव भीम राईले बतापउनुभयो । सम्मेलनले नयाँ नेतृत्वको निर्वाचित गर्ने उपमहासचिव अर्जुन जम्नेली राईले बताउनुभयो ।
महाधिवेशनमा २ वटा प्रदेश, २४ वटा जिल्ला, २४ वटा विदेश शाखा, १९ वटा भाषिक र ८ वटा भातृ संगठनहरुबाट ७ सय प्रतिनिधि पर्यवेक्षण सहभागी हुने संस्थामा महासचिव भीम राईले जानकारी दिनुभयो ।
किरात राई यायोक्खाले कोशी नाम पुननामकरण गरेर किरात राख्नुपर्ने, प्रदेशको सरकारी कामकाजको भाषा वान्तावा, चाम्लिङ लगायतलाई बनाउनुपर्ने, लिपि किरात सिरिजंङ्गा बनाइनुपर्ने माग गर्दै आएको छ । राईको जनसंख्या करिब ७ लाख रहेको र यो प्रदेशमा करिव ११ प्रतिशत रहेका छन् ।
