दमक थुलुङ डेन्टल केयर सेन्ट्ररकी सञ्चालिका डा.सोफिया थुलुङ

दमक, २३ असोज–दमक–६ फर्निचर लाईनमा अवस्थित दमक थुलुङ डेन्टल केयर सेन्ट्ररले सेवा सञ्चालनको पाँचौं वर्ष पूरा गरेको अवसरमा स्थानीय पत्रकार र सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

शुक्रबार, दमक थुलुङ डेन्टल केयरमा संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा दमक थुलुङ डेन्टल केयरकी सञ्चालिका एबम् दन्त रोग विशेषज्ञ वरिष्ठ डाक्टर डा सोफिया थुलुङले नजिकिँदै गरेको चार्डपर्वको शुभकामना व्यक्त गर्नुहुँदै केयर सेन्ट्ररले प्रदान गर्दै आएको दन्त उपचार सेवा, सेवा प्रवाह र दन्त स्वास्थ्यको महत्त्वबारे जानकारी गराएकी थिइन्।

डा.थुलुङका अनुसार केयर सेन्ट्ररमा दुई जना पूर्णकालीन दन्त चिकित्सकसहित आधा दर्जन विशेषज्ञ चिकित्सक कार्यरत छन्। नियमित रूपमा चिकित्सक उपलब्ध हुँदा बिरामीलाई दन्त स्वास्थ्यसम्बन्धी परामर्श लिन तथा उपचार गराउन सहज भएको उनले बताइन्।

दन्त स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा लिनुपर्नेमा जोड दिँदै डा.थुलुङले दाँत दुखेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन्। दाँतको नियमित जाँच गराउने, सरसफाइमा ध्यान दिने र कुनै समस्या देखिएमा समयमै चिकित्सकसँग परामर्श लिने बानी विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।

दन्त समस्यालाई लुकाएर राख्ने वा अप्रमाणित घरेलु उपायमा मात्रै भर पर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्दै उनले व्यक्तिको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार उचित जाँच तथा उपचार गराउनु सुरक्षित हुने बताइन्।

आफ्ना दिवगंत पिता डाक्टर शहदेब थुलुङले दमकमा ३० को दशकदेखि स्वास्थ्य सेवामार्फत पुर्याउनु भएको मान, प्रतिष्ठा र सामाजिक योगदानलाई जीवन्त बनाउन बिदेशको राम्रा माग र अवसरलाई तिलाञ्जली दिएको दन्त रोग विशेषज्ञ डाक्टर थुलुङले बताईन् ।

क्लिनिकले स्थापनाकालदेखि नै ज्येष्ठ नागरिक र विद्यार्थीलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आएको पनि डा.थुलुङले जानकारी दिइन्। त्यस्तै, दमकलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई दन्त उपचारमा विशेष छुटको व्यवस्था गरिएको उनले बताइन्।

दन्त उपचारसम्बन्धी भ्रममा नपर्न, विज्ञापनका आकर्षक दाबीभन्दा सही र विश्वसनीय जानकारीलाई प्राथमिकता दिन तथा आर्थिक कठिनाइका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै उपचारको आवश्यकता र बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *