भद्रपुर, १६ फागुन–भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ ।

मेची रंगशालामा हिजो (शुक्रबार) सम्पन्न भएको फाइनल खेलमा झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधिमाथि कब्जा जमाएको हो ।

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएको भने उपविजेतामा झापा ११ ले नगद ७ लाख पाएको छ ।

भद्रपुर ब्लेजर्सले खेलको ३० औं मिनेटमा अग्रता लियो थियो ।

डिबक्स बाहिरबाट मिलन राईको सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गोल गर्दै जीत निश्चित बनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *