पुष्पकलम दाहाल 'प्रचण्ड'

काठमाडौं, २० फागुन–नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ कार्यतालिका परिमार्जन गरेको छ । पूर्वको झापाबाट सुरु भएको अभियान महोत्तरी पुगेर तीन दिनका लागि स्थगित गरिएको छ ।

अभियान स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता काठमाडौं फर्केर पदाधिकारी बैठक गरेका छन् । बुधबार बिहान पदाधिकारी बैठक गरी सरकारले संसद्मा प्रस्तुत गर्न लागेको अध्यादेश, विपक्षी दलको तयारी र हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । तीन दिन स्थगित भएको कार्यतालिका बिहीबार महोत्तरीबाट फेरि सुरु हुनेछ ।

परिमार्जित कार्यक्रमअनुसार महोत्तरीमा फागुन २२, सर्लाहीमा २३, रौतहटमा २४, बारामा २५, पर्सामा २६ गते अभियान चल्नेछ । त्यसपछि चितवन, बुटबल, नवलपुर, नवलपरासी पूर्व, परासी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले जानकारी दिएका छन् । माओवादीको अभियान चैत १२ मा समापन हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *