काठमाडौं, २२ फागुन–युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना, लिभरपुल र बायर्न म्युनिख विजयी भएका छन्।

गएराति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले बेन्फिकालाई १-०, बायर्नले लेभरकुसेनाई ३-० र लिभरपुलले १-० गोलले पराजित गरेको हो।

बेन्फिकाको घरमा २२ मिनेटमा पाउ कुबार्सी रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित रहेको बार्सिलोनाका लागि ६१ मिनेटमा राफिन्हाले गरेको गोल निर्णायक बन्यो

एलियान्ज एरेनामा लिभरकुशेनलाई पराजित गर्दा बायर्नका ह्यारी केनले दुई गोल गरे। उनले नवौं मिनेटमा र पेनाल्टीमार्फत ७५ मिनेटमा गोल गरे। ५४ मिनेटमा जमाल मुसियालाले गोल गरेका थिए।

लिभरकुसेनलका नोर्दी मुकेइली रातो कार्ड खाँदै बाहिरिएपछि लिभरकुसेन ६२ मिनेटमा १० खेलाडीमा समेटिएको थियो।

यता लिभरपुलले पिएसजीलाई उसको घरमा हरायो।

हार्भी इलियटले ८७ मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो लेगमा १(० गोलको अग्रता लिएको हो।

दोस्रो लेगमा बार्सिलोनाले मार्च ११ मा तथा लिभरपुल र बायर्नले मार्च १२ मा खेल्नेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *