माइधार (शिबसताक्षी), २४ फागुन–११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज झापाको प्रवित्र तीर्थस्थल कनकाई मुक्तिघाटमा सरसफाई गरिएको छ ।
नेकपा (एमाले) सम्बद्ध अखिन नेपाल महिला संघ (अनेमसंघ) शिबसताक्षी–१० वडा कमिटीले शनिबार माइधारस्थित कनकाई मुक्तिघाट क्षेत्रमा सरसफाई गरिएको हो ।
त्यहाँ, छरिएका प्लाष्टिक र कागज जन्य फोहोर सामाग्री गुटका, मधु, चुरोट, चाउचाउ, विस्कुट, मिटाई लगायतका खोलहरुलाई संङ्कलन गरि जलाइएको छ । त्यस्तैं, घाट पसिररभित्रका प्रतिक्षालय र आसपासका क्षेत्रमा सरसफाईपछि पानीद्धारा पखालिएको अनेमसंघ वडा कमिटी अध्यक्ष संगीता कोइरालाले बताइन् ।
अनेमसंघ वडा कमिटी अध्यक्ष संगीता कोइरालाको नेतृत्वमा ासरसफाई कार्यक्रम भएको थियो । सरसफाई सुरु हुनुअघि, मुक्ति घाट परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ११५औं अन्तर्राष्ट्रिय महिला दिवसमाथि आ–आफ्ना बिचारहरु राख्नुका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।
सो कार्यक्रममा अनेमसंघ शिबसताक्षी नगर कमिटी अध्यक्ष एबम् शिबसताक्षी–१० की वडा सदस्य कोपिल मैनाली, शिबसताक्षी–१० का वडा सदस्य दीपक पोख्रेल, एमाले जिल्ला परिषद सदस्य एबम् पुराना बामपन्थी नेता सोमध्वोज कार्की, कनकाई मुक्ति घाट व्यवस्थापन समितिका सचिव लीला भट्टराई, दोमुखा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिना, एमाले वडा कमिटी अध्यक्ष डम्बर कुमार तिम्सिना, किसान महासंघ नगर सचिव हर्क खड्कासहित विभिन्न संघसंस्थाका प्रतिनि िर स्थानीयको सहभागिता थियो ।
