दमक, २६ फागुन–झापाको दमकमा व्यवसायसंगै सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय युवा व्यवसायी बिजय मुकारुङ राई र वहाँकी जीवनसंगिनी मनिषाले आजदेखि एडम स्र्टोरको दोस्रो साखा सञ्चालनमा ल्याउनु भएको छ ।
मिशाल बजारको दोस्रो तलामा रहेको एडम स्र्टोरको दोस्रो शाखा सञ्चालनमा ल्याउनुभएको हो । सोमबार, मिशाल बजारको दोस्रो तलामा अवस्थित एडम स्र्टोर–२ मा मुकारुङका पिता लक्ष्मीप्रसाद राई र दमक उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार योङ्याले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
यसअघि, दमकको बेलडाँगी रोडस्थित व्यापारिक भवन डिम्याक्समा एडम ब्राण्डेड व्येर सञ्चालन आइसकेको छ । मुकारुङ दमक–५ स्थित लाइफ लाइन अस्पताल नजिकै बसोबास गर्नुहुन्छ । सर्वेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ भने कमल गाउँपालिकाको एक गाउँमा निजी विद्यालय सञ्चालन गर्दै आउनुभएको छ ।
महिला तथा पुरुषहरुका लागि आधुनिक र अनेकौ डिजाईनसहितका पहिरन सम्बन्धिका लत्ताकपडाहरु र स्पोर्टसका सामाग्रीहरु उपलब्ध गराउने उदेश्यले एडम स्र्टोर–२ सञ्चालनमा ल्याइएको सञ्चालक मुकारुङले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा दमक उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार योङ्याले दमकमा एडम ब्राण्डेड र बिजय मुकारुङको परिचय गराइरहनु नपर्ने बताउनुभयो ।
