दमक, २७ फागुन–झापाको भद्रपुरमा सम्पन्न जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ दमकबाट तीन जना खेलाडीले स्वर्ण पदक जितेका छन् ।
तेक्वान्दोतर्फ स्वर्ण पदक जित्नेमा दमक तेक्वान्दो डोजाङकी डेन्सु योगी, सगरमाथा तेक्वान्दो डोजाङकी लाजिमा लिम्बू र रोशन राई छन् ।
सर्वोदय अंग्रेजी स्कूलमा अध्ययनरत योगीले ४२ केजीबाट स्वर्ण पदक जितेकी हुन् । उनीसंगै ४६ केजीमा लाजिमा लिम्बू, ५५ केजीमा रोहन राईले स्वर्ण जितेका हुन् ।
उनका अनुसार स्वर्ण बाहेक दमकबाट रोनी तामाङ, इन्दिप धिमाल, निकिता तामाङ, जुन लिम्बूले रजत तथा रोहित गुरागाई, इक्सा मादेन, अमृत योगीले काँस्य पदक जित्न सफल भएका छन् ।
स्वर्ण जित्ने खेलाडीले आगामी बैशाखमा हुने प्रदेशस्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
