दुधे, ९ चैत–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीको नेतृत्व दुर्गा नेम्बाङले सम्हाल्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्धारा दुधेमा आयोजित गौरिशकंर–चतुरमान संगठन सुढुढीकरण अभियानसहित दोस्रो नगर अधिवेशनबाट युवा नेता नेम्बाङको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी पुनगर्ठन गरेको हो ।

शिबसताक्षी–१ धरमपुरका प्रभावशाली युवा नेता नेम्बाङलाई माओवादी केन्द्र नगर कमिटीको अध्यक्षमा सर्वसम्मत जिम्मेवारी प्रदान गरिएको छ । यसअघि, नेता नेम्बाङ पार्टी जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा हुन्हुन्थ्यो । नेम्बाङले पार्टीका नेता तथा पूर्वमन्त्री झलकसिंह दर्लामी शन्देसको स्वकीय सचिवको जिम्मेवारी कुशलताका साथ सम्हालिसक्नुभएको छ ।

त्यस्तैं, उपाध्यक्षमा शिबसताक्षी–२ का भुवन राई, शिबसताक्षी–४ की कचाली ताजपुरिया र शिबसताक्षी–२ का राजु दर्नाललाई सर्वसम्मत चयन हुनुभएको छ ।

पार्टी नगर सचिवमा धनकुमार ढकाल, सहसचिवद्धयमा भुवन सेन्दाङ लिम्बू, देविका खनाल र कोषाध्यक्षमा हेमबहादुर (सुमन) कार्की चयन हुनुभएको छ । ढकाल, शिबसताक्षी–१० का हुनुहुन्छ भने सेन्दाङ शिबसताक्षी–१ धरमपुरका हुनुहुन्छ ।

यसअघि, अधिवेशनसहित संगठन सुढुढीकरण अभियानको उद्घाटन नेकपा (माओवादी केन्द्र) का नेता तथा कोशी प्रदेश सहइन्चार्ज अजम्बर काङबाङ राईले गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथिसमेत रहनुभएका नेता काङबाङले नेपाली जनताको त्याग, सघर्ष, बलिदानबाट नेकपा (माओवादी केन्द्र) स्थापना भएको र त्यसैको मर्म, आदर्श, सिद्धान्त र दृष्ट्रिकोणबाट जनताबीच महत्वपूर्ण जिम्मेवारीका साथ काम गरिरहेको बताउनुभयो ।

नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षतामा सो कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रमम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रञ्जित तामाङ, कल्पना कार्की, रामबहादुर राई, जीतेन्द्रराज चेम्जोङ, प्रेम मेन्याङबो, ज्ञानेन्द्र तिम्सिनालगायतका नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *