काठमाडौँ, १३ चैत–चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्ने प्रदर्शनको नारा तय गरेको छ।
आज (बुधबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाण्डौंस्थित आलोकनगरमा बसेको बैठकले प्रदर्शनको नारा तय गरेको हो।
१५ चैत शुक्रबार हुने प्रदर्शनका लागि तयार भएको नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषयलगायत समेटिएको छ।
त्यस्तै, प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटिमण्डपमा पुगी सभामा परिणत हुनेछ।
प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चाका प्रवक्ता प्रकाण्ड सीले जानकारी दिनुभयो।
