गोविन ल्वागुन/शिवसताक्षी, १४ चैत–झापाको शिवसताक्षीमा यहि २१ देखि मेयर कप हुने भएको छ । आयोजक शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा हुने मेयरकप २०८१ को आज नगरपालिकाको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि जानकरी गराइएको हो ।

स्थानीय तहमा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्य ले हरेकबर्ष संचालन हुँदै आएको मेयरकपलाई यो पटक पनि निरनतरता गरिएको छ ।

शिवसताक्षी-११ झिलझिलेस्थित गणेशमानसिंह अध्यान प्रतिष्ठानको खेलमैदान र कबड हलमा हुने मेयर कप २०८१ मा फुट्बल, भलिबल, क्रीकेट, एथलेटिक्स, ब्यटमिन्टन र करातेका खेलहरु संचालन हुने नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङ्गालुङ राइले जानकारी दिनुभयो ।

नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङ्गालुङ राइकाअनुसर उक्त प्रतियोगिताको बिजेताले क्रमश फुट्बलतर्फ बिजेताले ५५ हजर र उपबिजेताले ४१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, त्यसैगरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद ३५ हजर र उपबिजेताले २५ हजर नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताउनु भयो ।

त्यस्तै, एथलेटिक्स, ब्याडमिन्टन र करातेलाई समव्र ५०र५० हजारका दरले रकम छुट्याइएको छ ।
यहि चैत्र २१ गतेबाट २९ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि जम्मा ८ लाख रुकम बिनियोजन गरेको नगर खेलकुद बिकास समितिका सद्स्य सचिब तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई प्राइम बैंकले २ हजार १ सयका दरले पुरस्कार दिने बैंकका झिलझिले शाखा प्रमुख दिनेश लुइँटेलले घोषणा गरेका छन् ।

सोही अवसरमा आजै खेल तालिका सार्बजनिक गरिएको छ जस अनुसार फुटबलतर्फको उद्घाटन खेल वडा न २ र ३ बिच हुने छ भने क्रीकेटतर्फ वडा न १० र ११ बिच खेल तालिका मार्फत सार्वजनिक गरिएको छ ।

मेयर कपको उद्घाटन शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्राले गर्ने बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *