दमक, १४ चैत–नेकपा (एमाले) ले आगामी चैत ३० गते दमकमा बृहत जनसभा गर्ने भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिएका हुन् ।

आज दमकमा प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको प्रष्ट्याएका हुन् ।

जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको नेता राईको धारणा थियो । उनले नेकपा एमाले र नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।

जनसभामा एमालेका नेता, कार्यकर्ता र सदस्यहरु सहभागिता हुनेछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *