काठमाडौं, १५ चैत–सरकारले सुरक्षा प्रदान गर्न नसक्दा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको जनाएको छ ।
राजावादीहरुले प्रदर्शनका क्रममा पार्टी कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलन गर्दै महासचिव घनश्याम भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचार जलाएको जनाए ।
उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारले लापरवाही गरेको बताए ।
