काठमाडौं, ३ वैशाख–शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्ने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको थियो।

सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यद्यपि आन्दोलनका कार्यक्रम जारी रहने शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आन्दोलन स्थगित नहुने बताएका छन्। बुधबार १२ बजे सबै शिक्षकहरूलाई माइतीघर मण्डलमा उपस्थित हुन आग्रह पनि गरेका छन्।

अध्यक्ष सुवेदीले शिक्षकहरूले उठाएका विषयमा राज्य अनुदार देखिएकाले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताएका छन्।

उनले देशभरका शिक्षकहरूलाई काठमाडौं आउन पनि आग्रह गरेका छन्।

महासंघको नेतृत्व चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

उनीहरूले २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग गर्दै आइरहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *