काठमाण्डौं, २२ असोज-नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा पहिलो स्थायी कमिटी बैठक सुरु भएको हो। बैठकमा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको छ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ।
