काठमाडौँ, ३ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यहि बैशाख ९ गते मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टीका सबै कमिटीलाई स्थापना दिवस मनाउन परिपत्र जारी गर्नुभएको छ।
त्यस्तै, स्थापना दिवसको दिन पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कार्यालयले काठमाडौँमा कार्यकर्ता भेलाको आयोजना गर्नेछ।
