दमक, ३ वैशाख–प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल अर्जुनधारा जलेश्वरधाममा आज एक साथ १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो ।

वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए।

सामूहिक विवाहमा बरबधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्था समेत गरिदिएको उनको भनाई छ ।

अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *