दमक, ५ वैशाख–समाजवादी प्रेष संगठन, नेपाल झापा शाखाका उपाध्यक्ष डिकेन्द्र बस्नेतलाई आज एक कार्यक्रमबीच कार्यकुशलता र सफलताको शुभेच्छासहित बिदाई गरिएको छ ।
दमक टाउनका सञ्चालक र सुचना चौतारीमा दमकबाट कलम चलाईराख्नुभएका दमक निवासी पत्रकार बस्नेतलाई समाजवादी प्रेष संगठन झापाले दमकमा बिदाई गरिएको हो ।
पत्रकार बस्नेत संस्थागत जिम्मेवारी लिएर झापाको दमकबाट काभ्रेस्थित बनेपामा स्थानान्तरण हुनुभएको छ । बस्नेत आफ्ना एक छोरा र श्रीमतिसहित वैशाख ७ गते आइतबार दमकबाट बनेपा प्रस्थान गर्नुहुने भएको छ ।
दमकलाई कार्यथलो बनाएर पत्रकारितामा सक्रिय बनिरहनुभएका पत्रकार बस्नेत नेकपा (एकीकृत समाजवादी) दमक नगरका उपसचिव पनि हुनुहुन्छ ।
दमकस्थित होटल जोर्बामा शुक्रबार संगठनले उपाध्यक्ष बस्नेतलाई खादा पहिराएर मायाको चीनो डायरी र कलम प्रदान गरिएको थियो । संगठनका केन्द्रीय सदस्य अनिलदेब राई, संगठन झापाका अध्यक्ष गोविन ल्वागुन, नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष हरिप्रसाद नेपालसहितले पत्रकार बस्नेतलाई कार्य कुशल र सफलताको शुभकामनासहित बिदाई गर्नुभएको हो ।
बिदाई कार्यक्रममा पत्रकर बस्नेतले दमकमा अग्रज र समकालिन पत्रकारहरुसंगको सहकार्य, सहयोग, प्रेरणा, हौसल्ला, सरसल्लाह, सुझावलाई जीवनभर असल शिक्षाको रुपमा लिएर अघि बढ्ने बताउनुभयो ।
