काठमाडौं, १५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार शिक्षकहरूको माग नसुनीकन तानाशाही र दमनचक्रमा उत्रिएको बताएका छन्। आज (सोमबार) शिक्षक आन्दोलनमा पुगेर समर्थन जनाउँदै उनले यस्तो बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका सम्मानित नेता खनालले सरकारले तत्काल शिक्षकहरूको मागमुद्दा सम्बोधन गर्नुपर्ने बताए।

उनले भने,‘शिक्षकहरूको झण्डै एक महिनाको आन्दोलनको मागलाई नसुनीकन जसरी तानासाही दमनचक्रमा सरकार उत्रिन खोजेको छ, यसको हामी घनघोर भर्त्सना गर्छौ,विरोध गछौं,शिक्षकहरू गुरुआमा हो,सरकारले पहिलो उनीहरूको माग पूरा गर्नुपर्छ,नभए अझै ठूलो आन्दोलनको प्रतीक्षामा सरकार बसोस्।’

अहिलेको सरकार शिक्षा विरोधी बनेको पनि उनले बताए। चैत २० गतेदेखि देशभरका शिक्षकरकर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। हिजो शिक्षक र प्रहरीबीच झडप भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *