गोविन ल्वागुन/धरमपुर, १७ वैशाख–झापाको शिवसताक्षी–१ वडा कार्यालयले दलित लक्षित समुदायलाई निःशुल्क मोटर ड्राइभिङ्ग तालिम दिन शुरु गरेको छ ।
आर्थिक वर्ष २०८१।०८२ को सिलिङ्ग बजेटबाट बिनियोजित रु ५० हजार रकमबाट दलित युवाहरुलाई ड्राइभर तालिम दिन शुरु गरिएको हो ।
आज धरमपुरमा एक कार्यक्रमको आयोजना गरि तालिमको उद्घाट्न गरिएको छ । तालिममा वाडा नम्बर १ का ६ जना दलित युवाहरुले ड्राइभिङ प्रशिक्षण लिने कार्यक्रमका अध्यक्ष तथा दलित अगुवा कुमार शंकरले जानकारी दिए ।
अध्यक्ष शंकरका अनुसार अहिले ड्राइभिङ तालिम अपरिहार्य भएको अवस्थामा वडा कार्यलयले आर्थिक सहयोग गरेर दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले लगानी गरेकोमा वडा कार्यलय प्रति हार्दिक आभार ब्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ताथा वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्ले भने वडाले गरेको लगानी बालुवामा हालेको पानी जस्तो नभै तलिमको प्रतिफल आउने हिसाबले शिप सिक्न सबैलाई आग्रग गरे । यदि प्रतिफल राम्रो आएमा अगमी बर्षको बजेटमा बजेट वृद्धि गरिने आश्वासन दिए ।
सो अवसरमा दलित अधिकार समन्वय नगर समिति शिवसताक्षीका अध्यक्ष तथा स्थानीय लक्ष्मी नारायण माबीका प्रधानन्यापक खगेन्द्र बहादुर लम्जेलको उपस्थिति थियो ।
एक महिनासम्म संचालन हुने तालिमको सहजीकरण दमक ड्राइभिङ सेन्टरले गर्ने बताइएको छ ।
सवारी अनुमति पत्र निकाल्न सक्ने साथै दक्ष र अनुभबी चालक उत्पादन गर्ने गरि सिकाउने दमक ड्राइभिङ सेन्टरका संचालक धनबहादुर लिम्बुले बताएका छन।
उद्घाटन कार्यक्रममा दलित अगुवा मोहन सिन्चिउरी, चन्द्रबहादुर बराइली, चन्द्र घतानी लगायातको सहभगिता रहेको कार्यक्रमको सन्चालन पुर्णबहादुर लकान्द्रीले गरेका थिए ।
