फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं, १८ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अन्तराष्ट्रिय मे दिवसको शुभकामना दिएका छन्।मे डे का अवसरमा आज एक बिज्ञप्ति जारी गर्दै उनले सो सुभकामना दिएका हुन।

उनले जारी गरेको सुभकामना यस्तो छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १०, २०८१ को शुभकामना १

आफ्नो अधिकारका लागि एकताबद्ध संघर्षमार्फत विजय हासिल गरिएको गौरवपूर्ण दिनको रुपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १० २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरू दिवाङ्गत तथा वेपत्ता श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।

श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नगरीसम्म समतामूलक विकास र रुपान्तरण सम्भव छैन। संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख आर्थिक निर्माणका लागि उत्पादक सबै क्षेत्रको श्रमको सम्मान र मर्यादा हुनुपर्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरको हक, हित र अधिकार स्थापित गर्ने दृढ सङ्कल्प लिने दिवस हो भन्ने विश्वास व्यक्त गर्दछु।

अहिले ठूलो संख्यामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिएको छ। विदेशमा रोजगारीको अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देशको उत्पादनमा लगाउन जरुरी छ। अनेकौं विदेशी भूमिमा जाने श्रमिकको हक, अधिकार, सुरक्षा, सुविधा र अस्तित्व श्रम समझदारीअनुसार सरकार जिम्मेवार हुनुपर्छ। सुरक्षित आप्रवासन, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता जस्ता विषयप्रति सरकार गम्भीर बन्नु आवश्यक छ भन्ने श्रमिकको जीवनस्तर उकास्न लागि परेको हामी सरकारको ध्यानाकर्षण गराउँछौं।

कम्युनिष्ट आन्दोलन “विश्वभरका मजदुरहरू एक होऔं” भन्ने उद्वोधनसाथ शुरु भएको हो। श्रमिकको जनतान्त्रिक विकासशील लोकतान्त्रिक सहभागिता बन्ने, उत्पादनलाई सँगठित गर्ने र नेतृत्व लिने तथा विजयसम्म अगाडि बढाउने घोषणाका साथ २०५८ साल बैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीको रूपमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० जनताका बिचमा क्रियाशील रहेको छ।

नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि समाजमा भएको शोषण, दमन र अन्यायसँग जुधेर श्रमिकवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न हाम्रो पार्टी निरन्तर अघि बढिरहेको प्रतिबद्धतासहित पुनः नेपाल तथा संसारभरि रहनुभएका सबै श्रमिकवीररवीराङ्गनाप्रति बधाई तथा शुभकामना व्यक्त गर्दछु।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *