झापा, १ जेठ–संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो बैठेकले पाँच निर्णय गरेको छ । मोर्चाको बिर्तामोडमा बसेको बैठकले बिभिन्न पाँच निर्याय गरेको संयुक्त पहिचानवादी मोर्चा झापाका संयोजक एलबी पालुङ्वाले जानकारी दिए ।

मोर्चाको जिल्ला संयोजन समितिको पहिलो बैठक १५ सदस्यीय जिल्ला सचिवालय गठन, मोर्चाको आर्थिक विभागको जिम्मेवारी, संगठन विस्तार, मोर्चाले संगठन विस्तारसँगसँगै प्रशिक्षणः अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने र मुकुम्लुङ र नो कोशी आन्दोलनसहित पहिचानका आदोलनहरुमा संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला सक्रिय तथा शसक्त ढंगले सहभागिता हुने छन् ।

मोर्चाका झापा संयोजक एलबी पालुङ्वाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सचिवालय गठनको सदस्यहरुमा भवानीविक्रम सेलिङ, कालीबहादुर खेबाङ, नीरबहादुर राई, हरि नारायण चौधरी, प्रमेश थापा थीरबहादुर खवास, संगम खनाल, दिनेश माबो किराती, सुनिता लामा सुहाङ, चन्द्र मगर, पदम लिम्बू, तेजबहादुर योङहाङ, गंगा दुलाल र चुडाकर्ण बेघा रहेका छन् ।

मोर्चाको आर्थिक विभाग हेर्ने जिम्मेवारीमा चुडा कर्ण बेघालाई मनोनयन गरिएको छ । त्यसैगरी अनिवार्य आर्थिक दायित्व (लेवी) महिनावारी पदाधिकारीलाई रु ३०० र सदस्यलाई रु १०० अनिवार्य बुझाउनु पर्ने निर्याय भएको छ ।

मोर्चाले झापा जिल्लाको सबै पालिका ९१५ वटै० र वडास्तरसम्म तत्काल संगठन विस्तार गर्ने निर्णय गरेको छ । जस मुताबिक मोर्चाको संगठन र्माणको लागि मेची, अर्जुनधारा बिर्तामोड र दमक नगरपालिकाको लागि जिम्मेवारी समेत तोकिएका छ । बाँकी पालिकाहरुमा सचिवालयको बैठक मार्फत् सम्बन्धित पालिकाको मोर्चाको नेतृत्वहरुसँग परामर्श गरेर तत्काल जिम्मेवारी तोक्ने निर्याय भएको संयोजक पालुङ्वाले बताएका छन् ।

यसैगरी, मोर्चाले संगठन विस्तार सँगसँगै प्रशिक्षण र अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने साथै मुकुम्लुङ र नो कोशी आन्दोलन लगायतका पहिचानका आदोलनहरुमा संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला सक्रिय तथा सशक्त ढंगले सहभागिता जनाउँदै झापा जिल्लाको हकमा आन्दोलनलाई जनस्तरसम्म पुर्याउने भूमिका खेल्ने समेत निर्णय गरिएको संयोजक पालुङ्वाले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *