बिर्तामोड, २ जेठ–नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ ।

बिर्तामोड नगरपालिकाको सभा हलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुनुहुन्छ ।

यस्तै, संगठनको उपाध्यक्षमा साजन राई, सचिवमा टिका अधिकारी, सहसचिवमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल सर्वसम्मत चयन हुनु भएको हो ।

प्रमुख अतिथि पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले व्यानर वाचन गरेर अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय समितिका पूर्व उपाध्यक्ष देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य वशिष्ट अधिकारी, पेशागत महासंघ नेपाल झापाका अध्यक्ष तुलसी भण्डारी, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य छबि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *