दमक, ३ जेठ–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (शनिबार) वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको रक्तदानमा १३ महिलासहित ५४ पिन्ट रगत संकलन भएको छ ।
दमक–८ सेतुमारी रोडमा कार्यलय रहेको र।ष्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष लछुदास (एलडी) राईको अध्यक्षतामा र ८ नम्बर वडाध्यक्ष दिपेश (धर्मप्रसाद) दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्र्ने रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रका टोलीलाई रेडक्रस अंकित टिसर्ट समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका शेयर सदस्य तथा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुमित्रा वाङदेल चेली, संस्थाका उपाध्यक्ष कृष्ण गोले, कमल नगर अस्पतालका प्रमुख दिपक दाहाल, ओमप्रकाश गौतम, लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।
रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारीहरु, स्थानीय व्यवसायीहरु, सञ्चारकर्मीहरुको सहभागि जनाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन वालाले गर्नुभएको थियो ।
