पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, ६ जेठ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमणमा जाने भएकी छन्।

चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने भएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता र मानसरोवर यात्रा गर्ने छिन्।

एक साता लामो भ्रमणले दुई देशबीचको सांस्कृतिक र राजनीतिक सम्बन्धमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *