दमक, १७ जेठ–नेपाल प्रेस यूनियनको ३४औ स्थापना दिवसको अवसर पारेर झापाको गौरादहमा आज (शनिवार) पत्रकार संगठनहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रेष युनियन माईपश्चिम क्षेत्रीय समितिको आयोजनामा भएको एक दिवसीय फुटसल प्रतियोगितामा आयोजक प्रेस युनियन र इतर संगठनमा आवद्ध पत्रकारहरु सहभागी थिए ।
प्रतियोगितामा प्रेस युनियन इतर समूहको पत्रकार टोलीेले ३ का विरुद्ध ९ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगिताको विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ (ख) का सभापति रवि केसी न्यौपानेले नगद ५ हजार ५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरे ।
गौरादह–१ स्थित फुटसल मैदानमा आयोजना गरिएको सो खेलको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले स्वास्थ्यका लागि खेलकुद अनिवार्य जस्तै बनेको औल्याए । उनले खेलकुदका माध्यमबाट स्वस्थ रहन सहयोग पुग्ने बताउँदै पत्रकारहरुले मैत्रीपूर्ण खेल खेलेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भनि प्रशंसा गरे ।
प्रेस युनियन माइपश्चिम झापाका अध्यक्ष बिष्णु पौडेलको सभापतित्वमा कार्यक्रममा भएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य विष्णु सुब्बा, समाजवादी प्रेस मञ्चका अध्यक्ष कमन देवान, समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय सदस्य अनिलदेब राई प्रेस चौतारी नेपालका प्रदेश सदस्य सुदिप अधिकारी, प्रेस सेन्टर नेपालका डण्डीराज घिमिरे, लायन लिडर भिम पौडेल लगायत पत्रकारजन्य संघ संगठनका प्रतिनिधिहरु सहभागि थिए ।
फुटसल सम्पन्न गर्न चेम्बर अफ कमर्श दमकका अध्यक्ष राजेन्द्र ढकालले खेलाडीहरुका लागि जुस सौजन्य गरेका थिए ।
फुटसल प्रतियोगितामा कांग्रेस दमक नगर उपसभापति सागर खनाल, सचिव दिपेश दाहाल, गौरादह १ कांग्रेस वडा सभापति इन्द्र गौतम लगायतको समेत उपस्थिति रहेको थियो ।
