दमक, १७ जेठ–झापाको अर्जुनधारामा आज (शनिबार) जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । शनिश्चरे तेक्वान्दो डोजाङले आयोजना गरेको सो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका आठ जना खेलाडीले उपाधि हात पारेका छनु ।

जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा दमकबाट सहभागिता जनाउँदै आठ जना खेलाडीहरुले उपाधि हात पारेका हुन् । दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जितु) धिमालका अनुसार उपाधि प्राप्त गर्ने खेलाडीहरुमा दुई स्वर्ण, पाँच रजत र एक काँस्य गरि आठ पदक जित्न सफल भएका छन् ।

अध्यक्ष धिमालका अनुसार पुरुषहरुमा ३२ केजीतर्फ अर्पण धिमाल, ४५ केजीबाट रोनी तामाङले स्वर्ण जिते भने ३४ केजीतर्फ आशिष धिमाल, ३६ केजीबाट शुभम अधिकारी, ४८ केजीमा सौरभ मगर, ५१ केजीमा युजीन मगर र पुम्सेतर्फ शुसन तामाङले रजत पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा ५१ केजीबाट प्रतिष्पर्धी प्रतिक्षा तामाङले काँस्य पदक जित्न सफल भएकी छन् । डोजाङका प्रशिक्षकद्धय प्रतिमा तामाङ र कपिल धिमालको नेतृत्वमा विभिन्न वजन समूहका ८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको टोलीलाई यातायात तथा खाजाको व्यवस्थापनमा डोजाङका सल्लाहकार संयोजक गजेन्द्र (गजु) देवानले सहयोग पुरयाँएका थिए ।

यसअघि प्रतियोगितामा भाग लिने प्रशिक्षकसहित खेलाडीको टोलीलाई सामाजिक अगुवा राजेन्द्र सिटौला, व्यवसायी नन्दराज घिमिरे, डोजाङका सचिव श्याम आचार्य, सदस्य संगम राई लगायतले विदाईसहित शुभकामना दिएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *