काठमाडौँ, १३ साउन–विभिन्न पार्टी परित्याग गरेर करिब दुई दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ।
आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो।
एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाको समन्वयमा युवाहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो।
पार्टी प्रवेश कार्यक्रममा उदयपुर, खोटाङ, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाका युवाहरू एकीकृत समाजवादीमा समाहित हुनुभएको हो।
