पर्शुराम ढुङ्गाना

झिलझिले, १३ असोज–नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित भएका छन्।

शिबसताक्षी–८ झिलझिलेका नेता ढुङ्गाना ४३३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनले शिवकुमार कँडेललाई हराएका छन् । कँडेलले ३८७ मत ल्याएका छन् ।

त्यस्तै, क्षेत्रीय कार्यसमितिको सह–सचिवमा मनोज बस्नेत निर्वाचित भएका छन्। उनले ४६६ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी डिल्ली रिजालले २८५ मत पाएका छन् ।

क्षेत्रीय कार्यसमिति सदस्यमा ताराकुमार कार्की ३३७, अर्जुन भट्टराई ३३३ र धर्मनारायण राजवंशी ३०२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सदस्य पदका अन्य प्रतिष्पर्धीहरु कृष्णकुमार सुवेदीले २३५ , दिपककुमार प्रसाईले २०९ , केदारनाथ कडरियाले १८५ ,नवराज सिटौलाले १७५ र विष्णु ढुंगानाले १२५ मत ल्याएका छन् ।

यसैगरी, झापा–४ अन्तर्गत प्रदेशसभा क्षेत्र ९क० को सभापतिमा विनोद ढकाल २७१ मतसहित निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्र ९ख० को सभापतिमा रोहित खवास ३५४ मत प्राप्त गर्दै विजयी भएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *