एआईजी मनोज केसी

काठमाडौं, ५ असोज–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी डा। मनोजकुमार केसीलाई दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा। केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले केसीलाई सीआईबी सरुवा गरिएको जानकारी दिए ।

केसी हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *