दमक, ५ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनःलछुदास (एलडी) राई निर्वाचित भएका छन् ।
दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको आगामी चार वर्र्ष कार्याकालका लागि नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरिएको हो ।
निर्वाचिन समितिका सदस्य अनिलदेब राईका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल, सचिवमा दीपेन बाला राई, सहसचिवमा फुलसरी राना मगर, कोषाध्यक्षमा पारषमणी राई निर्वाचित भएका हुन् ।
त्यस्तैं, सञ्चालक समितिका सदस्यहरुमा पत्रकार यज्ञराज (विण्षु) आङ्दम्बे, यमनाु भट्टराई, बासुदेब राई र राजेन्द्र कुमार लिम्बू निर्वाचित भएका छन् ।
संस्थाका लेखा सुपरिवेक्षण समितिको संयोजकमा इन्द्रमान चाम्लिङ राई निर्वाचित भएका छन् । समितिका सदस्यद्धयमा ज्ञानदीप राई र मनप्रसाद चेम्जोङ निर्वाचित भएका छन् ।
राष्ट्रिय बहुमुखी सहकारी संस्थाले यहि असोज १० गते शुक्रबार दमकमा २७औं वार्षिक साधारणसभा गर्ने भएको छ । सोही साधारणसभामा नवनिर्वाचित सञ्चालक समितिको घोषणा गरिनुका सार्थै पद तथा गोपनियताको सपथग्रहण गराइने निर्वाचित समितिका संयोजक पारषमणी आचार्यले जानकारी दिनुभयो ।
हालै, मोरङको पथरीशनिश्चरे र इलामको चुलाचुलीमा सञ्चालित सहकारी संस्थासंग राष्ट्रिय बहुमुखी सहकारी संस्थाले एकीकरणपछि निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरेको सचिव दीपेन बाला राईले जानकारी दिए ।
