दमक, ५ असोज–दमक–८ बरगाछीस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई स्वर्गीय महेश्वरादेवी स्मृति छात्रवृति पुरस्कार वितरण गरिएको छ।
रोटेरियन डाक्टर लेखनाथ न्यौपाने र उहाँको परिवारको पहलमा हरेक वर्ष वितरण हुने स्व.महेश्वरादेवी स्मृति छात्रवृत्ति पुरस्कार सरस्वति माध्यमिक विद्यालयका १० जना जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवालको अध्यक्षतामा र विद्यालयका सहायक प्रधानध्यापक भगिरथ मिश्र प्रमुख आतिथ्यतामा सो पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
सरस्वती माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ३ जना विद्यार्थीलाई जनही रु ५,००० र ७ जना विद्यार्थीलाई जनही रु २,००० प्रदान गरिएको थियो। त्यस्तैं, झापा मोडल अंग्रेजी विद्यालयका प्रिन्सिपल तथा रोटेरियन प्रेसिडेन्ट इलेक्ट सागर श्रेष्ठले विद्यार्थीलाई अतिरिक्त रु ६, ००० सहयोग गर्नुभएको थियो।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष दिवाकर पञ्चकोटी, रोटरी क्लबका पूर्व अध्यक्ष सन्दिप चापागाई, सागर श्रेष्ठ, डाक्टर प्रेम देवकोटा, रुद्र थापा, स्व.महेश्वरा देवीका परिवारका सदस्य छविराम न्यौपाने, गणेश न्यौपाने, लक्ष्मी न्यौपाने, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका का निमित्त व्यवस्थापक राजकुमार खड्का, लेखा प्रमुख होमबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो।
सो कार्यक्रममा स्व.महेश्वरा देवीका पुत्र डा.लेखनाथ न्यौपानेले कार्यक्रममा सहभागि विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापनसहितको मन्तव्य गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सचिव अम्बिका न्यौपानेले गर्नुभएको थियो।
