शिक्षामन्त्री डा.महावीर पुन

काठमाडौं, ७ असोज–शिक्षामन्त्री डा.महावीर पुनले हरेक सामुदायिक माध्यमिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने निर्णय गरेका छन्।

आज (मंगलबार) शिक्षामन्त्री डा.पुनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले उक्त निर्णय गरेको बताए।

यस्तै, केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि एक वर्षसम्म लगाउँदा त्यसले विद्यार्थीहरूलाई क्षति पुगेको बताएका छन्। त्यसैले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका छन्।

यदि समयमै परीक्षाफल ननिकाले विश्वविद्यालयहरूको अनुदान रोक्का गरिदिने चेतावनी दिएका छन्।

यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सुन्दर बगैँचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने निर्णय गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *