दमक, ९ असोज–जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा एक जना युवकको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड–७ खालबारीमा ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको ज्यान गएको हो ।
उनको शव क्षतविक्षप्त अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाका सम्बन्धमा कानुनी प्रकृया पूरा गरि पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
