दमक, १० असोज–मोरङको उर्लाबारीमा सञ्चालित सूदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक सधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिहिबार, झापाको दमकस्थित सेवा केन्द्रमा सूदर्शन बचत तथा ऋण सहकारी संस्थाले इकाईगत वाािर्षक साधारणसभामा गर्नुका साथै आर्थिक वर्ष २०८१।०८२ का वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

सुर्दशन सहकारी संस्था केन्द्रीय सञ्चालक समिति अध्यक्ष गोपालप्रसाद भट्टराईको अध्यक्षतामा दमक सेवा केन्द्रको इकाईगत १५औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सो साधारणसभाको उद्घाटन कार्यक्रममा उत्कृष्ट शेयर सदस्य सम्मान, उत्कृष्ट बालबालिका बचत, र सुदर्शन छात्रवृत्ति वितरण समेत गरिएको छ ।

उर्लावारी–५ मा प्रमुख कार्यालय रहेको संस्थाले गत असार मसान्तसम्म ७३ करोड ७३ लाख ४४ हजार ५७ रुपैयाँ कूल कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । दमकसहित उर्लाबारी, मिक्लाजुङ र पथरीशनिश्चरेमा सेवा केन्द्र सञ्चालमा आएको छ । संस्थामा ७ हजार भन्दा धेरै शेयर सदस्यहरु आबद्ध छन ।

दमक सेवा केन्द्रको इकाईगत वार्षिक साधारणसभा तथा प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सञ्चालक घनश्याम भण्डारी, कार्यालय व्यवस्थापक नरेन शेर्मा लगायत सञ्चालक समितिका सदस्यहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति थियो ।

सूदर्शन सहकारी संस्थाका प्रमुख कर्याकारी अधिकृत थरेन्द्रराज पौडेलका अनुसार दमक सेवा केन्द्रबाट शुरु भएको साधारणसभा मिक्लाजुङ, पथरीशनिश्चरे सेवा केन्द्र हुँदै उर्लाबारीस्थित मुख्य कार्यालयबाट सञ्चालन गरि असोज ११ गते इकाइगत साधारण सभाका निर्णयहरुको एकीकृत गरि माइन्यूट प्रमाणीकरण गरिने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *