दमक, १० असोज–जेन–जी पुस्ताको आन्दोलनबाट दमकस्थित इलाका प्रहरी कार्यालय पुननिर्माण गर्न इसाई धर्मावलम्वीहरुको छाता संगठन दमक नगर इसाई समाजले आर्थिक सहयोग जुटाएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा आज (शुक्रबार) एक कार्यक्रमबीच दमक नगर इसाई समाजले क्षतिग्रस्त प्रहरी भवन पुननिर्माण गर्न रु २ लाख १६ हजार ६ सय ५५ सहयोग रकम उपलब्ध गराएको हो ।

सो सहयोग रकम हस्तान्त्रण कार्यक्रममा इलाका प्रहरी कार्यालय भवन निर्माण संयोजक तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक रामप्रसाद तिम्सिना, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमेन्त सुब्बा, निवर्तमान अध्यक्ष पाष्टर आकाश थुलुङ राई, पूर्व अध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, कर्नरस्टोन फाउण्डेशन दमकका संस्थापक प्रिन्सिपल पाष्टर युवराज गजमेर, इसाई धर्मावलम्वीका अगुवा पाष्टर एनडी थुलुङ, पाष्टर राम राई, दमक नगर इसाई समाजका पूर्वसचिव पाष्टर कुमार तामाङ, पाष्टर आरपी शर्मा अधिकारी, एल्डर किशोर लिम्बू, एल्डर सन्तोष रणपहेली, इसाई समाजका कोषाध्यक्षसमेत रहनुभएका डिकन हरिकुमार राई, दमक उ्रद्योग बाणिज्य संघका तृतिया उपाध्यक्ष रुवल अधिकारी, लेखा समितिका संयोजक नेत्र चौलागाई लगायत स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

दमकका शैक्षिक ब्याक्तित्वसमेत रहनुभएका पाष्टर युवराज गजमेरले दमक नगर ईसाई समाजसँग आबद्ध विभिन्न चर्च मण्डलीहरूले स्वेच्छिक रूपमा उपब्ध गराउनुभएको उक्त रुपैया सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय दमकको भवन पुनःनिर्माणका लागि हस्तान्त्रण गरिएको बताउनुभयो ।

दमक नगर इसाई समाजका निर्वतमान अध्यक्ष तथा सामाजिक सेवा उपसमितिका संयोजक पाष्टर आकाश थुलुङ राईले इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माणमा सहयोग गर्ने सबै मण्डली र परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

जेन–जी पुस्ताले भाद्र २४ गते आन्दोलनको क्रममा दमकमा इलाका प्रहरी कार्यालयसहित एक दर्जन सरकारी तथा निजी भवनमा तोडफोड गरिनुका साथै आगजनी गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *