दमक ,९ असोज–झापाको दमक–८ मा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २६औं बार्षिक साधारणसभा तथा संस्थाको सञ्चालक समिति र लेखा सुपरिवैक्षण समिति पूनगर्ठन गरिएको छ ।

आज (शुक्रबार) दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित सहकारी संस्थाको २६औं बार्षिक साधारणसभासहित आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण निर्वाचित गरेको छ ।

राष्ट्रिय बहुमुखी सहकारी संस्थाको नव निर्वाचित समितिका अध्यक्षमा पुनः लछुदास राई (एलडी)ं सर्वसम्मत चुनिएका छन् । समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल, सचिवमा दिपेनवाला राई, सहसचिवमा फूलसरी राना र कोषाध्यक्षमा पारषमणि राई निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा यज्ञराज आङ्दम्बे (विष्णु सुब्बा), बासुदेव राई, राजेन्द्र लिम्बू र यमुना भट्टराई निर्वाचित भएको गठित निर्वाचन समितिका सदस्य अनिलदेव राईले जानकारी दिए । यसैगरि, इन्द्रमान चाम्लिङ राईको संयोजकत्वमा ज्ञानदिप राई र मनप्रसाद चेम्जोङ रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिसमेत निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी  सदस्यहरुलाई निर्वाचन समितिका संयोजक पारष आचार्यले सपथग्रहण गराउनुका साथैं निर्वाचित प्रमाणपत्र प्रदान गरे ।

संस्थाले पछिल्लो समय ईलामको चुलाचुलीस्थित चुलाचुली कृषि सहकारी संस्था र मोरङको पथरीशनिश्चरेमा अवस्थित सरोकार कृषि सहकारी संस्थासंग संस्था एकिकरण गरेको थियो । संस्थाहरुबीच एकिकरणपछि राष्ट्रिय बहुमुखी सहकारी संस्थाले नयाँ नेतृत्वका निम्ति निर्वाचनसहितको बार्षिक साधारणसभाको आयोजना गरिएको सचिव दिपेन बाला राईले जानकारी दिए ।

वार्षिक साधारणसभाको अवसर पारेर संस्थाले सञ्चालक समितिको अध्यक्षमा रहेर महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व अध्यक्ष धनराज राईलाई सम्मान गरेको छ ।

कर्मचारी सम्मानतर्फ हर्क इङ्नाम लिम्बू कदरपत्रसहित नगद ५ हजारले सम्मानित भएका छन् । त्यस्तैं, संस्थामा विभिन्न विषयगततर्फ कारोबार गर्ने सदस्यहरुलाई प्रोत्साहन वापत सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्य समेत रहनुभएका संस्थापक लोकप्रसाद कन्दङ्बा, संस्थाकी सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुमित्रा बाङदेल चेली, सल्लाहकार क्याप्टेन बुद्धिबहादुर राई, सल्लाहकार मेहरमान लिङदेन लगायतको उपस्थिती थियो । सो कार्यक्रमको सञ्चालन सचिव दिपेन बाला राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *