धरमपुर, १२ असोज–झापाको धरमपुरको मंगलाबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार पाँचौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८१।०८२ मा गरेका वित्तिय गतिविधिहरुसहित आगामी लक्ष्य र कार्यक्रमका बारेमा तयार पारिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

शिबसताक्षी–२ मंगलाबारे बजारमा स्थापना भएको सौजन्य वचत तथा ऋण सहकारी संस्थामा २१५ जना शेयर सदस्यहरु छन् । ग्रामिण क्षेत्रमा स्थापना भएको सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सेवामुखी र सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको अध्यक्ष मकरध्वोज नेम्बाङ बताउनुभयो ।

अध्यक्ष नेम्बाङले सदस्यहरुको आयस्तरमा वृछि गर्न सहकारी संस्थाले विभिन्न संघसंस्थाहरुको सहकार्यमा सीपमुलक तालिमहरुको आयोजना गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

संस्थाले सदस्यहरुका निम्ति बचत तथा ऋणतर्फ कारोबार गर्नुका साथै उत्पादनशिल र उद्यमशिलतासम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको व्यवस्थापक ओमकुमार अधिकारीले जानकारी गराउनुभयो । व्यवस्थापक अधिकारीले अघिल्लो आर्थिक वर्षमा र यस आर्थिक वर्षमा संस्थाले वित्तियतर्फ गरेका प्रगति बिवरणहरुको बारेमा प्रष्ट पार्नुभएको थियो ।

वार्षिक साधारणसभामा शिबसताक्षी–२ का वडाध्यक्ष समेत रहनुभएका सहकारी संस्थाका सल्लाहकार संयोजक भीमबहादुर नेम्बाङ, सल्लाहकार सदस्य अनिलदेब राई, संस्थाका सञ्चालक समिति उपाध्यक्ष कृष्ण तामाङ, सचिव पुष्कर दाहाल, लेखा संयोजक राजु लिम्बू, सञ्चालक समिति सदस्य यामबहादुर राई, इन्द्रकुमार दाहाल, पुजा राई, शेरलाल विश्वकर्म र शर्मिला राईको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *