दमक, १२ असोज–सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले जङ्गली हाक्तिको आक्रमणबाट ज्यान गुमाएकी दमक–१ की सदस्य सुनिता राईको परिवारलाई बीमा बापत रु ५ लाख नगद उपलब्ध गराएको छ ।

मनिङवर्कको समयमा सुनितासहित दमक–१ कै अर्का एक जना महिलालाई बिहानै हाक्तिले आक्रमण गर्दा दुबै जना घाइते भएका थिइन् । उपचारको क्रममै सुनिताको मृत्यू भएपछि सूर्यदर्शन सहकारी संस्थाले मृतक परिवारलाई बीमा वापतको रु ५ लाख नगद उपलब्ध गराएको संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिनुभयो ।

सो बीमा वापतको नगद हस्तान्त्रणमा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारी, व्यवस्थापक टीमतर्फ कर्जा विभाग प्रमुख इश्वर नेपाल, बजार विभाग प्रमुख राजकुमार खड्का, होम श्रेष्ठ लगायत सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति थियो ।

त्यस्तैं, सूयदर्शन सहकारी संस्थाले ७० वर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई मासिक १ सयले एक वर्षको रु १२ सय प्रतिव्याक्ति उपलब्ध गराएको छ । कर्जा विभाग प्रमुख नेपालका अनुसार ७० वर्ष पुरा भएका २२ जना जेष्ठ सदस्यहरुलाई दशै खर्च बापत मासिक १ सयले एक वर्षको १२ सय नगद उपलब्ध गराएको हो ।

यता, जेन–जी पुस्ताको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट जीर्ण भवनको पुननिर्माणका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले रु ५१ हजार सहयोग हस्तान्त्रण गरिएको छ । इलाका प्रहरी कार्यालय भवनमा एक कार्यक्रमबीच सहकारी संस्थाका अध्यक्ष टीकाराज सापकोटाले रु ५१ हजारको चेक प्रदान गर्नुभएको छ ।

१६औं वार्षिक साधारण सभाको बन्द सत्रसहित माइन्यूट प्रमाणीकरण कार्यसम्पन्न गरिएको छ । भदौं २३ गते सोमबार सूर्यदर्शन सहकारी संस्थाले दमकमा इकाईगत वार्षिक साधारणसभा सुरु गरिएको थियो ।

१६औं वार्षिक साधारणसभा २६ गते औपचारिक रुपले माइन्यूट प्रमाणीकरण गरिने कार्यक्रम तयारी थियो । तर, देशमा घटेको विषम परिस्थितीको कारण सहकारी संस्थाले वार्षिक साधारणसभा स्थगन गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *