काठमाडौँ, २२ असोज–सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने बताएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हालैको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको मेची राजमार्गको पुनर्निर्माणका लागि एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ। त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट( मुग्लिङलगायत राजमार्ग पुनर्निर्माण गर्न तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार क्षति भएका १७ वटा पुल पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड, बेलिब्रिज जडान गर्न ८० करोड तथा वैकल्पिक सडक मर्मतसम्भार गर्न एक अर्ब ५९ करोड लाग्ने अनुमान सरकारले गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताएका छन्। यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरेको उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *