काठमाडौं, २३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन् ।

जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला उनले जिल्ला अध्यक्षहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने क्षमता रहुन्जेल पार्टीको नेतृत्व नछाड्ने बताएका हुन् ।

जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओलीले अहिले भक्तपुरको गुन्डुस्थित निवासमै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेटिरहेका छन् भने भर्चुअल माध्यमबाट पनि पार्टीको गतिविधिमा सहभागी भइरहेका छन् ।

भर्चुअल सम्बोधनका क्रममा ओलीले आफू, पार्टी र देशविरुद्ध नै षड्यन्त्र भएको आरोप लगाए । उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई पनि सोही षड्यन्त्रको उपज भएको दाबी गरे ।

‘पार्टीको शिर निहुरन कहिल्यै दिन्नँ । सक्रियताले, इमानले, विचारले ( कुनै पनि हिसाबले झुक्न दिन्नँ,ु उनले भने,  जबसम्म म सक्छु । तबसम्म । सक्न छाडेपछि मात्र छोड्छु।’

सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार ओलीले गण्डकी प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग गरेको भर्चुअल संवादको क्रममा यस्तो बताएका हुन् ।

एमालेको सचिवालय बैठक असोज २४ र २५ गते, र केन्द्रीय कमिटी बैठक २७(२९ गतेसम्म बस्ने तय भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *