दमक, २८ असोज–दक्षिणी झापाको गौरीगंज–४ हुक्कागाछीस्थित क्षेत्रबाट भारतबाट लुकाई छिपाई ल्याइएको COBRA ब्राण्डका पटका प्रहरीले बरामद गरेको छ।
मिति २०८२ असोज २८ गते बिहान ७स्३० बजे, इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको गस्ती टोलीले उक्त स्थानमा २० बन्डल (१००० प्याकेट) बराबरको पटका फेला पारेको हो। बरामद पटकाको अनुमानित मूल्य रु ४०,००० रहेको प्रहरीले जनाएको छ।
गस्ती टोलीलाई देख्नेबित्तिकै सन्दिग्ध व्यक्ति पटका त्यहीँ छाडी फरार भएको थियो। बरामद पटका इलाका प्रहरी कार्यालय गौरीगंजमा सुरक्षित राखिएको छ। घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
