दमक, २८ असोज–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारणसभा तथा संस्थाको आगामी चार वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गरिएएको छ ।

आज (मंगलबार), दमकमा सम्पन्न निर्वाचनसहितको वार्षिक साधारणसभाले संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनःबुद्धिसागर (बिमल) बराललाई निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा सन्जिव रिमाल, सचिवमा चन्द्रमाया निरौला अधिकारी र कोषाध्यषमा पुनम (प्रेमकुमारी) रिजाल निर्वाचित भएका छन् भने सञ्चालक समितिका सदस्यमा भरतकुमार ढकाल, भीमबहादुर रायमाझी, राजेन्द्र श्रेष्ठ, दिनेशकुमार अधिकारी र गंगा पौडेल छन् ।

त्यस्तैं, लेखा सुपरिवेक्षण समितिको संयोजकमा गायत्रीप्रसाद पराजुली र सदस्यद्धयमा अभिचन्द्र प्रसाई र शुशिला काफ्ले निर्वाचित भएका छन् ।

दमकमा प्रधान कार्यलय रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको मोरङको उर्लाबारीमा सेवा केन्द्र, झापाको गौरादह, सुरुङ्गा र झिलझिलेमा सेवा केन्द्रहरु सञ्चालमा आएको छ ।

कार्यक्रममा सहकारी क्षेत्रमा कलम चलाएर वापत दमकका क्रियाशिल एक पत्रकारलाई स्वर्णलक्ष्मी सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । यसरी सम्मानित हुने पत्रकार बिमल लामिछाने हुन् । उनलाई नगद १० हजार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

सोही सभामा विभिन्न विषयगत शिर्षकमा पाँच जना कर्मचारीलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्रिएको छ । त्यस्तैं, संस्थाका शेयर सदस्यहरुका छोराछोरीलाई शैक्षिक प्रोत्साहन गर्ने उदेश्यले कक्षा १२ मा उत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रीय संस्था (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बरालले आर्थिक वर्ष २०८१।०८२ को प्रगती प्रतिबेदन र लेखासुपरीबेक्षण प्रतिबेदन तथा बाह्यलेखा परिक्षकको प्रतिबेदन प्रस्तुत गरिएको थियो । सो प्रतिवेदनहरु बन्दसत्रमा आवश्यक सुझाव र परिमार्जनसहित सर्वसम्मत पारित गरिएको थियो ।

साधारणसभामा नेफ्स्कुनका महासचिव घनश्याम अधिकारी, दमक नगर उपप्रमुख  रेगिना भट्टराई प्रसाई, जिल्ला बचत तथा अण सहकारी संस्था झापाका अध्यक्ष तथा नव दुर्गा बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमकुमार कोइराला, जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाईँ, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष बासुदेब काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, मेनेजर क्लब झापाका अध्यक्ष तथा मेची बहुदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव सञ्जिव रिमालले र सञ्चालम सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल घिमिरेले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *